आगामी आर्थिक वर्षको बजेट भाषण बिहीबार दिउँसो ४ बजे

काठमाडौं। सरकारको आगामी आर्थिक वर्षको बजेट बिहीबार दिउँसो संघीय संसदमा पेस हुँदैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट पेस गर्ने भएका छन्।

सभामुख अग्नि सापकोटाले बिहीबार दिउँसो ४ बजेलाई समय निर्धारण गरिएको जानकारी गराएका हुन्। सभामुख सापकोटाले त्यसअघि नै बैठककक्षमा प्रवेश गर्न दुवै सदनका सदस्यलाई अनुरोध गरे। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने हुन्छ। अर्थमन्त्री खतिवडाले आफ्नो तेस्रो बजेट पेस गर्न लागेका हुन्।

उनले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको प्रस्तुत गरेका थिए भने चालू आर्थिक वर्षको लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको ल्याएका थिए। उनले ल्याएका दुवै बजेट स्रोत व्यवस्थापन र खर्चको हिसाबले कमजोर देखिएका छन्। अर्थमन्त्री खतिवडाले आफ्नो तेस्रो बजेट १६ खर्बमाथिको ल्याउने तयारी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *