मातृका यादवको कटाक्षः सरकारकै पार्टीको मान्छे धेरै बोल्न मिलेन

काठमाडौं। नेकपाका सांसद तथा पूर्वमन्त्री मातृका यादवले आफू सत्तारुढ दलको सांसद भएका कारण संसद्मा धेरै बोल्न नसक्ने बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा यादवले ‘कोही भोकै पर्दैन र भोकले कोही मर्दैन’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन स्मरण गर्दै भने, ‘हुन त, हामी सरकारकै पार्टीका मान्छे पर्‍यौं, धेरै बोल्न पनि ठिक हुँदैन। तर, नबोली नहुने भएको छ।’

उनले कोरोना भाइरसका सङ्क्रमणका बारेमा सरकारको तयारी कमजोर भएको टिप्पणी गरे। नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न र मानिसहरूको व्यवस्थापन गर्न सरकार असफल भएको उनको भनाइ छ। ‘हाम्रो व्यवस्थापन भइपरेर आउनेजस्तो भयो’ यादवले भने‚ ‘हामीले दीर्घकालीन रणनीति बनाउन सकेनौं।’

उनले विदेशमा रहेका नेपालीहरूलाई उद्धार गर्ने विषयमा कहिले बाटो बन्द गर्ने र कहिले खुल्ला गर्ने भएकाले समस्या भएको बताए। सरकारले दीर्घकालीन रणनीति बनाएर काम गर्नुपर्ने उनले टिप्पणी गरे। यादवले भने, ‘लकडाउन कहिले खुल्ला हुने र कहिले बन्द हुने व्यवस्थाले बाटोमा आएका मानिसहरूले दुख भोगिरहेका छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *