आरडिटी परीक्षण संख्या एक लाख नाघ्यो, २४ घण्टामा ३ हजार बढी पिसीआर परीक्षण

काठमाडौं । बुधबारसम्म देशभर पिसीआर परीक्षण संख्या ५८ हजार २७७ पुगेको छ भने आरडिटी परीक्षण संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आजसम्म आरडिटी विधिबाट १ लाख २८७ वटा थ्रोट स्वाब नमुनाहरु परीक्षण भएका छन् ।

गएको २४ घण्टामा मात्र थप ३ हजार ५८० वटा पिसिआर परीक्षण भएका छन् भने २ हजार ३२० वटा थ्रोट स्वाब नमुना आरडिटीबाट परीक्षण भएको भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यस्तै देशभर ७० हजार ५ सय जना क्वारेन्टाइनमा रहेका छन् भने ६९९ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *