भारतीय मिडियाले लेख्योः नक्सा विवादमा पछि हट्यो नेपाल !

काठमाडौं । भारतीय मिडिया आज तकले नेपाल–भारत सिमा तथा नक्सा विवादमा नेपाल पछि हटेको दाबी गरेको छ ।

आज अनुसूची ३ मा रहेको निशाना छाप परिवर्तन गर्ने संविधान संशोधन प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो । सरकारले प्रमुख प्रतिपक्षी दलले समय माग गरेकाले कार्यसूचीबाट हटाइएको बताएको थियो ।

यसै सन्दर्भमा भारतीय मिडिया आजतकले नेपाल नयाँ नक्सालाई वैधानिकता दिने प्रस्ताव नै फिर्ता लिएको भन्दै प्रचार गरेकाे हो । उसले आफ्नो प्रकाशित समाचारमा लेखेको छ– ‘भारतको केही भूभाग समेटेर नयाँ नक्सा प्रकाशित गरेपछि राजनीतिक र कूटनीतिक सम्बन्धमा दरार आएपछि नेपाल यो कदमबाट पछि हटेको छ । वास्तवमा नेपालको तर्फबाट देशको संविधानमा जोड्नका लागि आज संसदमा संशोधन प्रस्ताव राख्न लागिएको थियो तर नेपाल सरकारले संसदको कार्यसूचीबाट हटाइसकेको छ ।’

उसले भनेको छ– ‘नेपालका सत्तापक्ष र प्रतिपक्षी दल दुवैले आपसी सहमतिमा संविधान संशोधन विधेयकको हाल संसदको कार्यसूचीबाट हटाएको हो । मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्साको मुद्दामा राष्ट्रिय सहमति बनाउनका लागि सर्वदलीय बैठक बोलाएका थिए ।’

भारतसँग द्विपक्षीय वार्ताको माहोल बनाउनका लागि नेपालले आफ्नो तर्फबाट यस्तो कदम उठाएको आजतकले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीको बैठकको निर्णय कुर्न आग्रह गरेका थिए । पदाधिकारीको बैठकले संविधान संशोधन सर्वसम्मतिले पास गर्नुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *