भारतलाई नालापानी छाडियाे कालपानी सकिन्न
- कमल पाठक
कालापानीको बारेमा कुरा बुझ्दै जाँदा राजा महेन्द्रले चीनसँग १९६२ को लडाईं हारेर फर्केका भारतीय सेनालाई कालापानीमा केहि समय बस्नका लागी शरण दिएको भन्ने बुझियो । छिमेकिका नाताले र मानवताको नाताले शरण दिनु कुनै नराम्रो कुरा थिएन, तर शरण दिएको ठाउँ नै कब्जा गर्नु चाँहि गलत कुरा हो ।
भारतमा ब्रिटिश मात्र नआइ दिएका भए आधा भारत नेपालको हुने थियो, किनभने हामीले कुनै भारतीय राजाहरु सँग यु्द्ध हार्नु परेको थिएन । ब्रिटिशहरु सँग तोप र आधुनिक हतियार भएका कारण मात्र नेपालले ब्रिटिश सँग युद्ध हार्नु परेको हो, तर पुरै नेपाल जित्न भने ब्रिटिशहरु सफल हुन सकेनन । अरबको मरुभूमि र अफ्रिका जस्तो ठाउँ लिने ब्रिटिशले सकेको भए त् नेपाल जस्तो सुन्दर देश किन छोड्थे ? तर दुइ सय वर्ष ब्रिटिशको अन्डरमा बसेको भारतले हामी सँग फुर्ति गर्न मिल्छ ?
ब्रिटिश साम्राज्यका कारण हामीलाई इतिहासले अलि कता ठग्यो । त्यो बेला कब्जा गरेको टिस्टा सम्मको भुमि भारतको थिएन, किनभने त्यो बेला भारत भन्ने देश नै थिएन, त्यो बेला त जसले जति भूमि कब्जा गर्न सक्यो उसैको देश हुन्थ्यो, किनकि त्यस बेला देशहरु बन्ने क्रममा थिए । झन दार्जेलिङ्ग, सिक्किम र भुटानमा त नेपाली समुदाय कै बसोबास थियो, अत ति भूमि नेपालसँग मिल्दा झन बढि सुहाउँदो हुन्थ्यो ।
ईस्ट इण्डिया कम्पनी सँग सुगौली सन्धि गर्दा यदी ब्रिटिशहरूले भारत छोड्न परेको खण्डमा नेपालले छोडेको उक्त भूभाग पुनः नेपालकै हुने भनेर सुगौलि सन्धिमा उल्लेख गर्दिएको भए कति राम्रो हुने थियो । इतिहासको एउटा सानो गल्तीले गर्दा हामीले हाम्रो ठूलो भुभाग गुमायौं । हङकङकाे बारेमा त्यस्तै खाले सम्झौता गरेका कारण चीनले केहि दशक अगाडी हङकङ फिर्ता पायो । तर ब्रिटिशहरुले नेपालसँग कब्जा गरेको भूमि भारतमा छोडेर गए ।
ईस्ट इण्डिया कम्पनी सँग गरेको सुगौली सन्धि देखाएर भारत नेपालको मुख बन्द गर्न खोज्छ । कति हास्नु ? ईस्ट इण्डिया कम्पनी भारत सरकार हुँदै होईन । नत्र किन स्वतन्त्रता लिनु ? त्यहि ईस्ट इण्डिया कम्पनीलाई निरन्तरता दिनु नी । त्यसैले नेपाल भारत सम्बन्ध खुसिले भन्दा पनि बाध्यताले टिकेको छ ।
नेपाली भूमि मिचेर बनाएको बाटोबाट मानसरोवर र कैलाश गएर तिम्रा देशका नागरिकको कुनै पुण्य हुने छैन, पशुपतिनाथमा लामो समय बसेका शिबजीले कैलाशबाट आशिर्वाद देलान जस्तो मलाई लागेन । पशुपतिनाथको देशलाई रूवाएर पार्वती र कैलाशपति महादेव खुसि होलान र ? अरुलाइ थिचोमिँचो गरेर धर्म हुँदैन, चेतना भया । धर्मगर्न तिर्थ जानेले धर्मको मर्मपनि बुझ्नु पर्दछ ।
अर्को कुरा नेपालले नक्सा जारि गरेका बारेमा भारतीय मिडियाले नकारात्मक टिप्पणी गरेपनि त्यसले परिणाम भने सकारात्मक नै ल्याएको छ, किनभने उनिहरुले कालापानीलाई ठुलो महत्व दिँदा यो घटना संसार भरि उजागर भएको छ, वा भनौ यो मुद्दा संसारले थाहा पाएका छन । जमिनको त कुरा छोडौं, लुम्बिनीमा जन्मेका बुद्धलाई समेत भारतले भारतमा जन्मेको भन्छ । यदि बुद्धले भारतमा ज्ञान प्राप्त गरेकै आधारमा भारतीय कहलिने भए अमेरिकाबाट पिएचडी गर्ने नेपाली बिद्वान पनि नेपाली होईन अमेरिकन कहलिनु पर्ने हो । भारतमा पिएचडी गरेका बाबुराम पनि भारतीय कहलिनु पर्ने हो । कमसेकम बाबुरामलाई त भारतीय शिक्षकले पढाएर डिग्री हासिल भो । तर बुद्वलाई कुनै भारतीय माइकालालले पढाएर बुद्धि आएको होईन । अनी क़ुन आधारमा उनि भारतीय भए ?
भारतले कालापानी कब्जा गर्न कृतिम नदि निर्माण गरेको कुरा सन् १९९६ अक्टुवर १५ को कान्तिपुर दैनिकको हेडलाइनमा समेत आएको रहेछ । यति हुँदा पनि त्यो बेलाको सरकारको ध्यान नजानु दुर्भाग्य पूर्ण कुरा हो । हुन त चीनले बनाई दिएका दुई चार वटा उद्याेग त जोगाउन नसक्ने सरकारले देश जोगाउने कुरा कसरी गर्न सक्थ्यो र ? सन् १९६५ तिरको भारत चीन लड़ाईका बेला तत्कालिन राजा महेन्द्रले अस्थाई रूपमा भारतीय फौजलाई कालापानी र लिपुलेक क्षेत्रमा बस्ने अनुमति दिएको भन्ने सुनियो । महेन्द्रले भारतलाई गुन लगाएका रहेछन । शायद भारतसँग नजिकको सम्बन्ध स्थापित गर्न चाहन्थे होला, तर जे भएपनि भारतीय सेनालाई ठाउँ दिनु नै गलत थियो । किनभने अर्को मित्र राष्ट्र विरुद्धको लडाईंमा आफ्नो भूमि र नैतिक समर्थन दिनु गलत हाे ।
त्यो बेला भारतीय सेना बिना अनुमति पनि बसेको हुनसक्छ । युद्धमा भारतले चीन तीरको एक इञ्च भूमि लिन नसकेपछि उल्टै युद्धमा सहयोग गरेको नेपालकाे भूमि लियो । चीनसँगको युद्धमा लज्जास्पद हार ब्यहोरेको भारतलाई नेपालको केहि क्षेत्र लिन पाउनु पनि ठुलै उपलब्धि भयो होला । भारत चीन युद्ध त सकियो, तर राजा महेन्द्रले भारतीय फौज हटाउन सकेनन, चाहेनन वा ध्यान पुगेन ।
इतिहासका कुरा सुन्दा वास्तविकता यही हुनुपर्दछ । कालापानी र लिपुलेक नेपालले वेवारिसे छोडिदिएको रहेछ, यस्तो भूमि सजिलै पाउँदा जसले पनि लिन्छ । त्यहाँ राज्यको उपस्थिति जनगणना गर्ने र तिरो उठाउने बेला बाहेक अघिपछि देखिएन । बिना कुनै रोकतोक लामो समय देखि भारतले भोग चलन गर्दै आएको भूमि फिर्ता गर्न धेरै गाह्रो छ, तर सारा राष्ट्र एक जुट भएर लागेमा असम्भव चैं छैन । त्यसैले ऐतिहासिक प्रमाण जुटाएर प्रयास जारी राख्नुपर्दछ । किनभने हामीसँग प्रमाणको अभाव छैन । तर हिम्मत, इच्छाशक्ति, इमान्दारीता र क्षमताको चाँहि राम्रै अभाव छ ।
नेपालीहरूको भारतीय सेनामा ठुलो योगदान छ, दुइ सय वर्ष अगाडी जब नेपाल पूर्बमा टिस्टा र पश्चिममा काँगडा सम्म फैलिँदै थियो । त्यहि बेला बेलायतको इस्ट इन्डिया कम्पनीले भारतलाई कब्जा गरिसकेको थियो । उनिहरुले नेपालले जितेको भूमि समेत कब्जा गर्न सफल भए, अनि नेपाल इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि गर्न बाध्य भयो । त्यो बेलासम्म भारतमा पनि अनेक स-साना राज्य थिए । ती राज्यलाई अंग्रेजले एकीकरण गरेपनि जुनसुकै बेला विद्रोह हुन सक्ने स्थिति थियो ।
सुगौली सन्धिपछि नेपाली पनि अंग्रेज सेनामा भर्ना हुन थाले । अनी नेपाली र अंग्रेज सेना मिलेर भारतमा भएका साना राज्यलाई मिलाएर विशाल भारत बनाए । नत्र हरेक राज्यलाई अंग्रेजले मात्र सम्हाल्न धेरै गाह्रो थियो । विशाल भारत बन्नुमा नेपालीहरूको ठूलो योगदान छ । एक चोटि त भारतमा अंग्रेज विरुद्ध विद्रोह यति बढ्याे कि अंग्रेजलाई नेपालसँग मद्दत माग्न बाध्य हुनपर्यो । जंग बहादुरले नेपाली सेना पठाएर विद्रोह शान्त बनाए । त्यसबाट खुसी भएर अंग्रेजहरूले बाँके, बर्दिया, कैलाली र कञ्चनपूर गरी ४ जिल्ला नेपाललाई फिर्ता दिए । त्यो बेला यी ४ जिल्लालाई नयाँ मुलुक पनि भन्ने गरिन्थ्यो । त्यसकारण आजको विशाल भारत बन्नुमा नेपालीहरूको धेरै ठूलो योगदान छ । अनि धेरै रगत र पसिना बगेको छ, नत्र आज भारतबाट कम्तिमा ५, ७ वटा देश त पक्कै पनि रहने थिए । किनभने पुरा भारत एकीकरण गर्न सक्ने राजा भारत बर्षमा कोहि थिएनन । त्यसकारण नेपाल भारत सम्बन्ध आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक किसिमका छन ।
भारतीय राज्य छुट्टिन खोज्दा बल प्रयोग गर्न सजिलो हुने हुनाले ब्रिटिशहरूले नेपालीहरूलाई आफ्नो सेनामा लिएर नेपाली आर्मीको छुट्टै बटालियन बनाएका हुन । पछी संसार जित्न समेत नेपालीहरू प्रयोग गरियो । पहिलो र दोश्रो बिश्व युद्धमा समेत नेपाली प्रयोग भए । ६० हज़ार नेपाली त बिश्व युद्धमा मारिए भनिन्छ । भारत स्वतन्त्र भएपछि ४ वटा बटालियन ब्रिटिशहरूले हङकङ लगे । (हङकङ स्वत्रन्त्र भएपछि तिनलाई अहिले बेलायत लगिएको छ) बाँकी भारतमा नै छोडे । ती भारतमा छोडेका नेपालीहरू अहिले पनि जम्मू कश्मीर आदि युद्ध क्षेत्रमा भारतका लागि लडि रहेका छन । आफ्नो ज्यान दिइ रहेका छन । नेपाली नहुने हो भने भारतको धेरै हिस्सा पाकिस्तानले कब्जा गरिसक्ने थियो । त्यसकारण नेपालीहरूको विशाल भारत कायम रहनुमा ठूलो योगदान छ ।
यती ठूलो योगदान गरेका देशका जनतालाई अन्याय गर्न भारतलाई किन अलिकति पनि अफ्ठेरो नलागेको होला ? उसले हाम्रो भूमि कालापानी, लिम्पियाधुरा, लिपूलेक र गुन्जी कब्जा मात्र गरेन, आफ्नो राजनीतिक नक्सा मै राखि सक्यो । पुर्ब मेचीदेखि पश्चिम महाकालीसम्म उसले हाम्रो थुप्रै भूमि मिचेको छ र अझै मिच्दैछ । अनि सिमा विवाद सुल्झाउनका लागि बार्ता गर्नपनि तयार छैन । भारतमा जुनै सरकार आएपनि नेपाल प्रतिको नीति र हेराइ उस्तै छ, भारतले जहिले पनि आलटाल नीति अपनाएर बार्तालाई टारी रहेको छ । त्यसैले हामी एक भएर भारतलाई दबाब दिन सकेमात्र भारत समस्या समाधान गर्न बाध्य हुनेछ ।
दुइ सय वर्ष अगाडी जन्मेको बाघलाई ७३ वर्ष अगाडी जन्मेको हात्तिले छोटे भाई रे । साइजले बडे भाई हुन्छ की उमेरले ? अनी छोटे भाईलाई बडे भाईले जे गरेपनि हुन्छ ? तिम्रो इण्डियामा भाईलाई हेप्ने र भाईको जग्गा मिच्ने चलन छ होला, तर हाम्रोमा त बडाले छोटालाई माया गर्ने र छोटाले बडालाई आदर गर्ने चलन छ ।
अर्को कुरा भारत सरकार द्वारा नेपाललाई दिईने छात्रबृद्दि नेताहरूले आफन्तलाई दिन भारतीय दूतावास लैनचौरमा शरण पर्न नछोडेसम्म भारतीय नेताहरूले नेपाललाई हेप्न छोड्ने छैनन् । नेताहरुको व्यक्तिगत स्वार्थ र नालायकिपनाले नेपालले हेपिनु ठीक होइन, हाम्रा नेताहरुले दूतावास र दिल्ली गएर नारी छाम्न दिएपछि त हेप्छन नै । बिगतमा नेपाली मन्त्रिहरु सालमा दश चोटीसम्म दिल्ली भ्रमणमा गएका ईतिहास छ ।
बीबीसी इण्डियाको रिपोर्ट नै भन्छ, कोरोना लागेपनि चीनको र रसियाको मृत्युदर कम छ । (भारतको कोरोना अली कडा छ । युएइमा पनि मृत्युदर कम छ ) उसको भनाई सहि हो, हरेक देशमा करोनाको असर फरक फरक छ । अनी त्यहि कुरा हाम्रो प्रधानमन्त्रीले भन्दा चाँही भारतीय मिडियामा किन विरोध ?
आजको नेपाल सरकारमा केहि कमजोरी होला, तर नेपाली जनताको शरीरमा त्यहि रगत बगेको छ, जुन रगत नालापानीमा अंग्रेजहरूसँग लड्ने बीर गोर्खालीको शरीरमा बगेको थियो । भारतीयहरूको शरीरमा त्यहि खून बगेको छ जुन खून ब्रिटिशहरूसँग लड्न नसकेर २०० वर्ष ग़ुलाम बन्नेहरूमा बगेको थियो । अहिले रसिया अमेरिका र फ्रान्ससँग किनेर अलिकति हतियार थुपार्दैमा हामीसँग फुर्ती गर्न मिल्छ र ? सत्यसँग लड्नलाई त बम होईन दम चाहिन्छ । यदी सरकारले चाह्याे भने मिसाइल र बम बनाउन सक्ने बौद्धिक नेपालीहरू संसारका विभिन्न देशमा काम गरीरहेका छन । सरकारले साथ दिए भारतले नेपाललाई बेच्ने गाड़ी, ट्रक, बाइक आदी सम्पूर्ण उपभोग्य समान नेपाल मै उत्पादन गर्न सकिन्छ । त्यसकालागि सरकारले कर नीति परीमार्जन गरेर प्रोत्साहित गर्ने खालको नीति ल्याए मात्र पुग्छ ।
इण्डियालाई मेख मार्न जनस्तरबाट हिन्दी फिल्म बन्द गर्दिउँ, अर्बौ भारत जानबाट जोगिन्छ । हिन्दी फिल्म नहेर्दैमा कोही नेपाली मर्ला र ? बरु झन नेपाली फिल्म फ़स्टाउँछ । पेट्रोल र अन्य अत्यावश्यक सामान चीनबाट ल्याउँ, भारतको अर्बौको नाफा गुम्नेछ । हामीले भारतलाई अर्बौको व्यापार दिएका छौं । त्यो कम हुने बित्तिकै भारत आफैं लाइनमा आउँछ ।
तराइका सांसद र नेताहरु समेत नेपाली सिमा मिचिँदा चुइक्क बोल्दैनन, यदि कोही तराईका सांसद संसद भित्र हिन्दीमा भाषण गर्छ भने त्यो अबैध रूपले बिहारबाट नेपाल छिरेको मान्छे रहेछ भनेर बुझे हुन्छ । यदी नेपाली भए त मैथिली, भोजपुरी आदि स्थानीय भाषा प्रयोग गर्न सक्थ्यो वा प्रयोग गर्दथ्यो । अनि सिमा मिचिँदा पनि बोल्थ्यो । नेपाल भारत सीमानामा पर्खाल वा काँडेतार लगाउने खर्च दुबै देशले आधा आधा ब्यहोर्नु पर्ने हो, तर सिमानामा पर्खाल लगाए सिमाना मिची रहन पाइँदैन भनेर भारत वास्ता नै गर्दैंन । भारतले नेपाल बाहेकका सबै देशसँग सिमाना चैं बारेको छ ।
सिमानामा काँडेतार नलगाए नेपाल कहिले पनि सुरक्षित र बिकशित हुन सक्दैन । सिमानामा काँडेतार नहुनु र घर बनाएपछि कम्पाउण्ड नहुनु उस्तै उस्तै हो, किनभने गेट र पर्खाल नभएको घर सुरक्षित मानिँदैन र सुरक्षित हुँदैन पनि । भारतले नेपाललाई तब मात्र हेप्न छोड्छ, जब हर सिपाहीको हातमा एके ४७ हुन्छ, अनी देशसँग दुई चार दर्जन मिसाइल र दुई चार दर्जन फाइटर ड्रोन वा फाइटर प्लेन अनि एउटा भएपनि अणु बम हुन्छ । तर नेपाली नेता स्वाभिमान बेचेर सत्तामा जान भारतको सहारा लिउन्जेल भारतले हेपी नै रहन्छ । गरिब र कमज़ोर देश बनाएपछि हेप्दैन त ? बलियो र बिकसित देश बनाउ अनि लौ हेपोस ?
भारतले नेपालमा रहेका भारू नाेट समेत साटी दिएन, ति भारु निम्न प्रकारले नेपालमा जम्मा भएका थिए । १) भारतमा काम गर्ने नेपालीहरूले छुट्टीमा आउँदा भारु पैसा ल्याउनु, २) भारतीय पर्यटकले नेपाल आऊँदा लियर आएको भारु (त्यो भारू होटलमा बस्दा तिरेको, अनी सपिङ गर्दा ३) भारतबाट सामान आयात गर्न सजिलो हुन्छ भनेर डलरको सट्टा भारू सटही गरेर राखिनु । भारतले नेपालमा भएका भारु नसाटे पनि हामीलाई केहि फरक परेन, अब नसाट्दा पनि के चै फरक पर्ला त ? (अब त ती नोट यता उता हराई सक्यो होला) यसरी जम्मा भएको पसीनाको कमाई त साटि दिएन, यस्तो छिमेकि कसरी हाम्रो मित्र हुन सक्छ ?
भारतलाई बिस्वास गर्न नसकिने धेरै कारणहरु छन, जस्तो कि तत्कालिन राजा बीरेन्द्रको शान्ति क्षेत्रको प्रस्ताव तुहाई दिनु । नेपाल शान्ति क्षेत्र हुँदा भारतलाई के हानी हुन्थ्याे र मानेन ? भूकम्पले घर भत्किएर गरिब जनताहरुलाई खाने बस्ने समेत समस्या भएको बेला फाेरमलाई उचालेर नाकाबन्दी लगाउनु, प्राकृतिक बिपत्तिका बेला नाकाबन्दी गर्नु घोर अमानवीय थियो । भारतले बंगलादेश र पाकिस्तानी भूमिमा तारबार लगायो तर, नेपालकाे सिमाना मिच्न पाई रहने हुनाले तारबार लगाउँ भन्दा वास्ता गर्दैन । संविधान जारी नगर भनेर दबाव दियाे । नेपाली सेना विरुद्ध लडन माओबादीलाई मौन समर्थन गर्याे । नेपाल भित्र जासूसहरू खटायाे । नदी हडप्ने गरी असमान सन्धि गर्याे । ब्रिटिश सँग गरेको सुगौली सन्धि देखाएर नेपाललाई थर्कायाे । नेपाल अस्थिर भए चीन र तिब्बत विरुद्ध खेल्न सजिलो हुन्छ भनेर नेपाली राजनीतिक दलका नेताहरूलाई उचालेर सरकार गिराई रह्याे । माैका पाएसम्म सीमा मिचि रह्याे । फास्ट ट्र्याक हत्याएर प्रत्येक गाडीलाई एक हजारसम्म लेबी लिएर नेपाल र नेपालीको ढाड भाँच्न खोज्नु र निजगढ बिमानस्थल बनाउन नदिन अनेक जालझेल गर्नु भारतकाे मिचाहा प्रवृत्ति हाे।
(स्मरण रहोस शेर बहादुर देउवाले फास्ट ट्र्याक इण्डियालाई दिन मरिहत्ते गरेर लागेका थिए तर सकेनन) भारतले नेपालमा बिद्युत निकाल्छु भनेर लाइसेन्स लिएपछि केहि नगरी चुप लागेर बस्ने रणनीति अपनायाे । ताकि उसकाे बिजुली महँगोमा बेच्न सकियोस । टाटाले नेपालमा गाड़ी एसेम्बल प्लाण्ट राख्न खोज्दा आफ्नो देशको रोजगारी घटछ भनेर समझौता भएको योजना समेत क्यान्सिल हुनेगरी अप्रत्यक्ष भुमिका भारतले खेलेकाे छ ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु । नेपाल धनी र बलियो भयोभने आफ्नो बहसमा राख्न सकिन्न भनेर नेपालको खुट्टा तानेर कहिले उँभो लाग्न नदिनु । नेपाललाई पेट्रोल र ग्यास बेचेर खरबौं कमाउनु । नेपालमा उद्याेग खुले आफ्नो सामान बिक्दैन र आफ्नो बजार गुम्छ भनेर नेपालमा कुनै ठुला उद्याेग सञ्चालन हुन नदिने नीति लिनु । आफ्नो जनसंख्या एक खर्ब नाघेका कारण बिहारतिरका नागरिक नेपाल छिरेर नेपाली नागरिकता लिउन भन्ने चाहना राख्नु । नेपाल माथि हेपाहा प्रवृत्ति राख्नु । भारत भएर तेश्रो देशसँग हुने नेपालको व्यापारलाई असहज र अबरोध हुने नीति लिनु । यस्ता सयौं उदाहरण दिन सकिन्छ । जसबाट भारतले नेपाललाई वर्षाैंदेखि हेपिरहेकाे महशुष हुन्छ ।
त्यसैले पृथ्वीनारायण साहले भने झै दक्षिणको छिमेकि अहिले पनि धूर्त नै छ, त्यसैले हामी सधैं चनाखाे रहनु पर्दछ । भारतलाई नालापानी छोडियो तर अब कालापानी छोड्न सकिन्न ।