‘बर्तमान सरकारकै कारण गणतन्त्र खतरामा छ’ डा. कोइराला

काठमाडौं । बर्तमान सरकारकै कारण गणतन्त्र खतरामा परेको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् ।

आज १३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले १२ बुँदे सहमतिको जगमा स्थापित संघिय गणतन्त्र बर्तमान सरकारका कारण खतरामा परेको बताएका हुन् ।

‘जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन सकेको छैन । बर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको छ ।’ डा. कोइरालाले भनेका छन् ।

उनले १२ बुँदे सहमतिको जगमा स्थापित गणतन्त्र खतरामा परेको बताए । जनताले गणतान्त्रिक शासन ब्यवस्थाको अनुभूत गर्न नसकेको डा. कोइरालाको धारणा छ । शासन ब्यवस्था बदलिएपनि शासकहरुको प्रवृत्ति पुरानै रहेकोले जनताले परीवर्तनको अनुभव गर्न नसकेको डा. कोइरालाले बताए ।

उनले पछिल्लो समय ओली सरकार निरंकुश बन्दै गइरहेको भन्दै सत्तासिनहरु नै निरंकुश बन्दा जनताका मौलिक अधिकार हनन हुने बताए । ‘वाक स्वतन्त्रता हनन भएको छ, सरकारलाई खबरदारी गर्ने निकायलाई तेजोवध गर्ने काम सरकारले गर्दैछ । यसले भोलीका दिनमा भर्खर स्थापित हुँदै गएको गणतन्त्र समाप्त हुने खतरा बढेको छ ।’ डा.कोइरालाले भने ।

उनले १२ बुँदे सहमतिको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ सबैको खबरदारी जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *