नियुक्तिको तीन महिना नपुग्दै स्वास्थ्य सचिव कोइरालाको सरुवा, अर्याललाई नयाँ जिम्मेवारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको सरुवा भएको छ । मन्त्रिपरिषदको बैठकले तीन महिना नपुग्दै सचिव यादव कोइरालाको सरुवा गरेको हो ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको रुपमा पठाउने र कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्ने निर्णय गरेको हो ।

गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो । उनी स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पनि पुगेको छैन ।

सचिव अर्यालले आइतबार स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने बताइएको छ । अर्याल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *