कर्णाली प्रदेशमा थप ८ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ४६ पुग्यो

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४६ पुगेको छ । आज (बिहीबार) थप ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४६ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा नारायण नगरपालिका–३ का १९, ३०, २६, ४० वर्षका पुरुष, नारायण नगरपालिका–४ का २० वर्षीया महिला, १ वर्षीय पुरुष र नारायण नगरपालिका–५ का १७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *