मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठक डाकिएको हो । बैठकमा कोरोना भाइरस नियन्त्रण, जारी लकडाउन लगायतका विषयमा पनि छलफल हुँदैछ ।

राष्ट्रिय योजना आयोगको बैठक पनि जारी छ । दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *