चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, एक घाइते

झिमरुक । प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो ।

बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्यचौकी लिबाङ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

चट्याङमा परी सोही ठाउँका २५ वर्षीय सुरेश विक घाइते भएको प्रमुख कार्कीले बताए । विकको टाउकामा चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जनाइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *