नेपालमा काेराेना संक्रमित संख्या १ हजार नाघ्याे, एकैदिन थपिए १५६ संक्रमित

काठमाडौं । नेपालमा थप १५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीपी कोइराला धरान २, कोशी अञ्चल अस्पताल २५, भरतपुर अस्पताल १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा  गरिएकाे परीक्षणमा ७७, सुर्खेत अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा २३, गण्डकी अस्पताल ३, सेती अञ्चल अस्पताल ३, हेटौडा १, भेरी ४, धुलिखेल अस्पतालकाे प्रयाेगशालामा गरीएकाे परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

प्रादेशिक विवरण अनुसार  प्रदेश १मा हालसम्म ९९ ,  प्रदेश २ मा  ३१३, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५,  प्रदेश ५ मा ३२९, कर्णाली प्रदेशमा ४७ र सुदुरपश्चिम प्रदेशमा १६ जना संक्रमित भएका छन् ।

संक्रमित एक हजार ४२ मध्ये ५ जनाको मृत्यु भइसकेको छ भने १८७ जना उपचारपछि निको भइसकेका छन् । ८५० जना आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *