स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रमका लागि ६ अर्व ६० करोड बजेट

काठमाडौं। सरकारले प्रदेश र स्थानीय तहको अन्तर आबद्धता सुदृढ गर्न सबै स्थानीय तहका केन्द्रलाई प्रदेश राजधानीसँग जोड्न गरी आगामी बजेटमा सडक निर्माण सुरु गरिने जनाएको छ। यसका लागि अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश तथा स्थानीय तहको सह लगानीमा आयोजना सुरु गर्न पाँच अव विनियोजन गरिएको बताए।

सबै स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा साधन स्रोतको वितरण सम न्यायिक तुल्याउन ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ का लागि बजेटमा व्यवस्था गरिएको बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा विद्युत्, कृषि, सिँचाइ र नदी नियन्त्रणको लगायतका पूर्वाधार विकास कार्यक्रमका लागि बजेट विनियोजनको व्यवस्था मिलाइएको बताए।

उनले सबै निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा तथा पूर्वाधारका विकासका बाँकी कार्य सम्पन्न गर्न स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रमका अन्तर्गत ६ अर्व ६० करोड बजेट विनियोजन गरिएको जानकारी गराए। सबै स्थानीय तहको प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *