शवदाह गृहका कर्मचारी भागेपछि अर्को घाटका कर्मचारीले जलाए कोरोना संक्रमितको शव

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कारका लागि पशुपति आर्यघाट लैजाँदा त्यहाँको शवदाहगृहमा ताल्चा लगाइएको भटिएको छ । ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि शव लैजाँदा शवदाह गृह बन्द गरी त्यहाँका कर्मचारी शवदाह गृहमा ताल्चा लगाइ भागेका बताइएको छ ।

बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएको पाइएपछि तर शव दाह गृहमा कर्मचारी नभएपछि अर्को घाटबाट कर्मचारी ल्याई उनीहरुलाई प्रहरीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) दिएपछि शव जलाउने प्रक्रिया सुरु भएको बताइएको छ ।

यसअघिको कोरोना संक्रमितको पनि शव दाहगृहमै शव अन्त्येष्टि गरिएको थियो ।

तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने शव दाहगृहमा ताल्चा नलगाएको बताएका छन् । उनले ६ बजे सधैं शवदाह गृह बन्द हुने गरेकोले शवदाह गृहमा ताल्चा लगाएको देखिए पनि केहीबेरमा नै शवदाह गृह खुला गरेर मृतकको अन्त्येष्टि सुरु गरिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *