बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ : डा. रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आगामी वर्षको बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको बताएका छन् । नेता रिजालले बिहीबार संसदमा प्रस्तुत भएको बजेटले नयाँ भिजन दिन नसकेको बताएका छन् ।

उनले भने, ‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ, झण्डै दुई तिहाईको बलशाली सरकारले यस्तो कठिनाईका बेला नयाँ भिजन सहितको बजेट ल्याउन सक्नु पर्दथ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्दथ्यो ।’

उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिएपनि ठोस रुपमा अंकमा नआएको बताएका छन् । अर्थतन्त्रको आकार नबढेपछि राजश्वको लक्ष्य भेट्न कठिन हुने बताउँदै नता रिजालले राजस्वको अनुमान संशोधित भन्दा २२ प्रतिशतले बढाउने कुरो यथार्थपरक नभएको बताए ।

संशोधित १२१ अर्बबाट ३ सय अर्ब वैदेशिक ऋण उठाउने भन्ने कुरा सम्भव नभएको बताउँदै लक्ष्य अनुसार आन्तरिक ऋण उठाइयो भने उद्योगी व्यवसायीलाई बजारबाट ऋण लिन गाह्रो पर्ने नेता रिजालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *