कोरोनालाई जितेर घर फर्किइन् भक्तपुरकी जनप्रतिनिधि

काठमाडौं । भक्तपुर नगरपालिकाकी जनप्रतिनिधि कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएकी छन् । भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला सदस्य अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

शुक्रबार कोरोना पुष्टि भएकी महिला बिहीबार साँझ पाटन अस्पतालबाट डिस्चार्ज भएको भक्तपुर-९ वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिए । जेठ ६ मा भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहले संकलन गरेको ‘नोजल स्वाब’ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनको कोरोना पुष्टि भएको थियो ।

ती महिलाको परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरिएको थियो । पाटन अस्पतालमा बुधबार र बिहीबार गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *