संक्रमणको नयाँ केस फेला परेपछि दक्षिण कोरियाले फेरि बन्द गर्यो २५१ विद्यालय
मकालु खबर
२०७७ जेठ १६ गते
काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको नयाँ केस फेला पर्न थालेपछि २५१ वटा विद्यालय बन्द गरिएको छ ।
संक्रमण घट्दै गएपछि केही दिन पहिले विद्यालय खोलिएको थियो । सिओलमा रहेका बीबीसी संवाददाता लारा बिकरका अनुसार गएको २४ घण्टामा त्यहाँ ५६ नयाँ केस देखिएको छ । योभन्दा अघि हिजो ७९ नयाँ केस देएिको थियो ।
संक्रमणबाट डरका कारण २५१ वटा विद्यालयहरु बन्द गरिएको हो । कतिपय विद्यालयहरुले महामारीपछि खोल्ने योजना नै रद्द गरेका छन् ।
मकालु खबर
२०७७ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित