द आर्ट अफ लिभिङद्वारा वीपी प्रतिष्ठानलाई ५० थान पिपिई सहयोग

धरान । श्री श्री रबि शंकर संस्थापक रहेको अध्यात्मीक संस्था द आर्ट अफ लिभिङ नेपालद्धारा धरान सेन्टर मार्फत वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान पिपिई सहयोग गरेको छ । आर्ट अफ लिभिङले प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुलाई कोरोना महामारी बाट बच्न प्रयोग हुने पिपिई सहयोग गरेको हो ।

संस्थाको काठमाडौ स्थित केन्द्रीय कार्यलयको कोष, धरान सेन्टरका प्रशिक्षक तथा आर्ट अफ लिभिङ धरान समिति संयोजक पार्बती श्रेष्ठको सहयोगमा उक्त पिपिई प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । द आर्ट अफ लिभिङ केन्द्रीय महासचिव सन्दीप शाहको अगुवाईमा आज ५० थान पिपिई प्रतिष्ठानलाई प्रदान गरिएको संयोजक पार्वती श्रेष्ठले बताइन् ।

उक्त पिपिईहरु रु दुई लाख बराबरको रहेका छन् । ५०० थान पिपिई मध्येबाट ५० थान पिपिई प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह प्रदान गरीएको हो । अस्पतालका निर्देशक डा.शाहले संकटको बेला प्राप्त पिपिईले कोरोना विरामीको उपचारमा जोडिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षामा ठूलो राहत पुग्ने बताए । डा. शाहले सबैको सहयोगले एक साताभित्र कोभिड १९ अस्पताल तयार भएको उल्लेख गर्दै कोरोनाको उपचारको लागि सबै किसिमको तयारी गरिएको पनि बताए ।

यसअघि आर्ट अफ लिभिङले काठमाडौंको केन्द्रीय कारागारमा ५९ थान, सेती अञ्चल अस्पताल धनगढीलाई २५ थान, गेटा आँखा अस्पताललाई २५ थान तथा चितवन महानगरपालिकालाई ५० थान बितरण गरिसकेको द आर्ट अफ लिभिङ नेपालका कार्यलय एडमिन प्रमुख उद्धब मडैले बताए ।

संस्थाले केही दिनमा धरान वडा नं १८ लाई प्रतिष्ठानमा रहेका कुरुवाहरुलाई खाना खुवाउन ५१ हजार बराबरको खाद्यान्य सामग्री दिने डिडिसी सदस्य पार्बती श्रेष्ठले बताइन् । धरान सेन्टरले कारणवस छुुट्न पुगेका धरान वडा नं १८ ले स्थापना गरेको कोरोना राहत कोषका संयोजक वडा अध्यक्ष प्रबिण राई सहितको टिमलाई ५१ हजार बराबरको खाद्यान्य र जियाउल हक मेमोरियल ट्रष्टलाई १० थान पिपिई आउदो सोमबार दिने कार्यक्रम छ ।

वीपी प्रतिष्ठानको पिपिई हस्तान्तरण कार्यक्रममा धरान वडा नं १८ का वडा अध्यक्ष नरेन्द्र कुमार राई (प्रबिण) द आर्ट अफ लिभिङका प्रशिक्षक सरस्वती श्रेष्ठ, जनक खडका, लगायतको उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *