सरकारले बजेटमार्फत् ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायीहरु उत्साहित: पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले बजेटमार्फत् ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायीहरु उत्साहित भएको विश्वास व्यक्त गरेका छन् ।

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको बताए । सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको उनको भनाइ छ ।

सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले बजेटमार्फत् देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्था अनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको पनि उनले बताए ।

आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्ने गरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले बताएका छन् । उनले पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठानको अवधारणा अनुरुप पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *