व्यवसायीहरुको गुनासोः उद्योगी, व्यवसायीको पक्षमा भएन २०७७/७८ को बजेट

  • सुजता निङ्लेकु

विराटनगर । सरकारले आर्थिक वर्ष २०७७/७८ को आय व्यय बजेट सार्वजनिक भएसँगै यसका विभिन्न खालका प्रतिकृया आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार प्रतुत गरेको बजेटलाई उद्योगी व्यवसायीहरुले अपेक्षा अनुरुपको नभएको बताएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ बाट मुलुकको अर्थतन्त्र सिथिल भएको अवस्थामा ल्याइएको बजेटले उद्योगी व्यवसायीमा मर्म अनुरुप नभएको व्यवसायीहरुको धारणा छ । सरकारले शिक्षा, स्वास्थ्य, क्षेत्रलाई प्राथमिकतामा राखिएको पक्षलाई सकारत्मक नै लिएको छ ।

बजेट पुरानै भयो

बिराट व्यापार संघका अध्यक्ष सुजन थापा बजेट सुन्दा साना तथा घरेलु उद्योग व्यवसायीलाई केहि विषयमा प्राथमिकतामा राखेको विषय राम्रो पक्ष रहेको बताउँछन् । साना उद्योगी व्यवसायीलाई लकडाउन पछि तुरुन्तै सुचारु गर्न सरकारले ऋणकाे व्यवस्था माग गरेको भए पनि माग नभएको उनको गुनासो छ ।

पुँजी सबैको आफुसँग नभएको र पुँजी सबै बजारमा फसेकाले लकडाउनको अवस्थामा सम्पूर्ण व्यापारी व्यवसायीहरु मारमा परेका छन् । लकडाउन खुलेपश्चात व्यवसाय गर्नका लागि साना व्यवसायीहरुलाई सुविधा खाल्को रिणको माग गरेको भए पनि सरकारले वेवास्ता गरेको उनको धारणा छ । उनी भन्छन्, ‘राहतको प्याकेज खुल्न सकेन, कोरोनामुखि बजेट नभएकाले मलाई लाग्छ अर्थमन्त्री ज्युलाई कोरोनाले छोए जस्तो मलाई लागेन ।’

हालको बजेट सुन्दा केहि विषय मात्रै फरक तर पुरानै बजेटले निरन्तरता पाएको महशुस भएको उनले बताए । सरकारले उद्योगी व्यवसायी मारमा पर्छन भन्ने विषयमा सरकारको ध्यान नगएको उनको गुनासो छ ।

बजेट उद्योगी, व्यवसायीका लागि अपुग

उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ अहिले आएको बजेटको कार्यनव्यन पक्ष कस्तो हुन्छ कार्यान्वयन हेर्न बाँकी रहेको बताए । पर्यटन होटल व्यवसाय लगायतका क्षेत्रमा ५ प्रतिशसम्म ब्याजमा नेपाल राष्ट्रिय बैंकले पुनः कर्जा उपलब्ध गराउने बजेट विनियोजन राम्रो पक्ष भएको उनको भनाइ छ ।

तर लकडाउनले थलिएको अन्य उद्योग धन्दा व्यापार व्यवसायका लागि सरकारले केहि व्यवस्था गरिदिएको केहि राहत मिल्ने उनले बताए । हाल सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ को बजेट उद्योगी व्यवसायीका लागि केहि अपुग महशुस भएको उनको तर्क छ ।

कार्यान्वयन पक्ष कस्तो हुन्छ ?

जीवन रक्षाकालागि कोभिड– १९ लाई मध्यनजर गरेर स्वास्थय क्षेत्रलाई प्राथमिकता दिएको र सक्षम नेपाल निर्माणका लागि शिक्षा क्षेत्रमा आएको बजेट राम्रो पक्ष रहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताए ।

मुलुक लकडाउनको अवस्थामा छ तर उद्योगी व्यवसायीहरु जुन मारमा परेका छन् यो क्षेत्रमा पाउने पर्ने उर्जा नपाएको मुन्दडाको भनाइ छ । सबैभन्दा महवपूर्ण मेरुदण्ड भनेको उद्योग तथा व्यवसाय हो तर यो क्षेत्रमा उर्ज दिने बजेट नभएको र बन्दबन्दीमा साना तथा मजौला व्यपसायमा आय कर छुट दिएको सरकारको यो पक्ष राम्रो रहेको उनले बताए ।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण क्रयशक्ति कसरी बढाउन सकिन्छ उद्योगलाई पुर्नउत्थान गर्ने रोजगारीलाई कसरी बढाउने भन्ने विषयमा यो बजेटले धेरै काम गर्छ जस्तो मलाई लाग्दैन ।’ बजेट उद्योगी व्यवसायीको पक्षमा नरहेको र आफ्नै बलले काम गर्नु पर्ने यो बजेटको कार्यन्वयन पक्ष कस्तो हुन्छ ? कार्यान्वयन पक्ष कुरेर बसिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *