संसद सचिवालयमा दर्ता भएन राजपाको संविधान संशोधनको प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले दर्ता गराउन खोजेको संविधान संशोधनको प्रस्ताव (प्राइभेट बिल) संसद सचिवालयले अस्वीकार गरेको छ।

राजपा नेपालका नेताहरुले संविधानका विभिन्न ९ बुँदामा संशोधन दर्ता गर्न चाहेका थिए । भाषा, नागरिकता लगायत ९ वटा प्रावधानमा संविधान संशोधन दर्ता गर्न चाहेकाे एक नेताले बताए ।

सचिवालयका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग राय लिएपछि मात्रै निर्णय गर्ने जवाफ दिएपछि नेताहरु प्रस्ताव दर्ता नगराई फर्किएका छन् । प्रस्ताव दर्ता नभएपछि राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा र लक्ष्मणलाल कर्णहरू सिंहदरवारबाट त्यसै फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *