दीपकले बज्राचार्यले ल्याए सन्देशमूलक गीत ‘द कोरोना…’ [भिडियोसहित]

काठमाडौं । गायक दीपक बज्राचार्यले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी सन्देशमूलक गीत सार्वजनिक गरेका छन् । युनिसेफ दक्षिण एसियासँगको सहकार्यमा उनले सचेतनामुलक ‘द कोरोना सङ’ ल्याएका हुन् ।

यो गीत विभिन्न भाषाको सब टाइटलमा अनलाइनमार्फन सात वटा देशमा एकैसाथ रिलिज भएको छ । गीतको शब्द उनकै व्यान्डका सदस्य रिकि शाक्यका हुन भने यसलाई नेपाली भर्सनमा दीपकले नै गाएका छन् । अंग्रेजी भर्सनमा भने उनकी छोरी चेरिसा बज्राचार्यको स्वर सुन्न सकिन्छ ।अहिले नेपाली र अंग्रेजी भर्सनमा तयार भएको गीतलाई सार्क राष्ट्रका प्रसिद्ध गायकले गाउने तयारी भएको बज्राचार्यले बताए । युनिसेफ साउथ एसियाको प्रस्तुती रहेको यस गीतलाई केहि दिनमा बङगाली, हिन्दि, उर्दु, भुटानीलगायत साता भाषामा सुन्न सकिनेछ। नेपालको तर्फबाट भने उनको व्यान्डको प्रस्तुति रहनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *