मोदीको दोस्रो कार्यकालको एक वर्ष पूरा, देशबासीलाई लेखे चिठी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको आज एक वर्ष पूरा भएको छ । यसै अवसरमा मोदीले देशबासीलाई एक चिठ्ठी लेख्दै यस अवधिमा आफ्नो सरकारले गरेका कामको उल्लेख गरेका छन् ।

मोदीले अहिले कोरोना भाइरसका कारण परिस्थिति असामान्य रहेको भन्दै आफ्नो दोस्रो कार्यकालको एक बर्ष देशका अनेकौं आवश्यकताहरु पूर्तिका लागि समर्पित रहेको बताएका छन् । मोदीले यस एक बर्षको अवधिमा गरिबको बैंक खाता, निःशुल्क ग्यास कनेक्सन, निस्शुल्क विजुली, शौचालय, घर, सर्जिकल स्ट्राइक, एयर स्ट्राइक, वन र्यांक वन पेन्शन, वन नेशन वन ट्याक्स-जीएसटी जस्ता काम गरेको उल्लेख गरेका छन् ।

मोदीले चिठ्ठीमा राष्ट्रिय अखण्डताका लागि आर्टिकल ३७०, राम मन्दिर निर्माणको काम, ट्रिपल तलाकमाथि रोक, नागरिकता कानुन जस्ता उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

साथै चिठ्ठीमा मोदीले अहिले कोरोनाका कारण देशमा महासंकट आएको बताउदै यस संकटको घडीमा आत्मनिर्भर अभियान चलाएको बताउदै सरकार आम जनतामा वितिय संकट आउन नदिन प्रतिबद्ध रहेको बताएका छन् । सामान्य अवस्था भएको भए सम्बोधन मार्फत अगाडी आउने थिए भन्दै मोदीले भारतीय लोकतन्त्र विश्वकै लागि उदाहरण भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *