माटोको ढिस्कोले पुरिएर बोहराको मृत्यु
मकालु खबर
२०७७ जेठ १७ गते
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ ।
घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर गौरीगङ्गा–८ का १८ वर्षीय भुवन बोहराको मृत्यु भएको छ भने सोही ठाउँकी ४० वर्षीया दुर्गा मन्नी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन्।
बोहराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको र घाइते मन्नीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
मकालु खबर
२०७७ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित