दैलेखका मृत्यु भएका ३५ वर्षिय युवकमा देखियाे काेराेना पाेजेटिभ, काेराेनाबाट मृत्यु हुनेकाे संख्या सात !

काठमाडाैं । आज विहान दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। याे सँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या सात पुगेकाे छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले शनिबार मृत्यु भएका युवकको नतिजा पोजेटिभ आएको जानकारी दिए । ‘मैले पनि उनकाे काेराेना पाेजेटिभ आएकाे थाहा पाएकाे छु, बाँकी कुरा त स्वास्थ्य मन्त्रालयले जानकारी दिनेछ ।’ मन्त्री रावलले मकालु खबरसँग भने ।

तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो। दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो।

शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो। भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो। स्वास्थ्य मन्त्रालयले युवककाे मृत्यु काेराेना संक्रमणकै कारण भएकाे जानकारी दिएकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *