लकडाउनको आज ६८ औं दिन : यस्तो छ विराटनगरको अवस्था (फोटो फिचर)

विराटनगर । लकडाउनको आज (शनिबार) ६८ औं दिन पुगेको छ । कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा तथा नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गते लकडाउन कार्यान्वयनमा ल्याएसँगै यो समय देश लकडाउनको अवस्थामा छ । जेठ २० गतेसम्मलाई लकडाउन अवधि तोकिएको छ ।

लामो समय लकडाउनका कारण जनजीवन प्रभावित भएको छ । लकडाउनको कारण विराटनगर भित्रका मुख्य सडकमा अतिआवश्यक ढुवानीका सवारी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन चलेका छन् ।

पछिल्लो समय संक्रमित संख्या बढेसँगै सवारी साधनमा कडाई गरिएको छ । प्रहरीले अत्यावश्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिए पनि कतिले सोर्स फोर्स लगाएर छुटाउने गरेको ड्युटीमा खटिएका एक सुरक्षाकर्मीले बताए । यस्तो क्रियाकलापले गर्दा सडकमा ड्युटी गर्नेको हौसला टुटने गरेको उनको गुनासो छ ।

लकडाउनको ६८ दिन वितिसक्दा पनि अझैसम्म मास्क लगाएर हिँड्नुस्, अतिआवश्यक काम बाहेक हिँडडुल नगर्नुस् भन्दा सम्झाईरहनु पर्ने अवस्था रहेको उनको भनाई छ । लकडाउन उलङघन गर्ने अधिकांश बुझनेहरु नै रहेको उनको गुनासो छ ।

विराटनगरको गुन्द्रि बजार क्षेत्र, जलजला मोड केसलिया रोड लगायतका क्षेत्रहरुमा मानिसको आवागमन बाक्लिएको देखिन्छ । विराटनगरका भित्री बजार तथा पसलहरु खुलेका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को तथ्याङ अनुसार प्रदेश नम्बर १ मा हालसम्म ६ हजार ९ सय ३६ पिसिआर परीक्षणका लागि नमूना पठाईएको छ । त्यसमध्ये ६ हजार ४ सय ४५ ल्याव परीक्षण भएको छ ।

जसमध्ये एक सय ६० को संख्यामा पोजेटिभ देखिएका छन् भने ६ हजार दुई सय ८५ को संख्यामा नेगेटिभ देखिएको छ ।

त्यस्तै ११ हजार एक सय ३३ आरडीटी परीक्षण भएको छ भने जसमध्ये ७१ को संख्यामा पोजेटिभ देखिएको छ, ११ हजार नौ सय ३३ को संख्यामा नेगेटिभ देखिएको छ । भने हालसम्म ३३ जनाको उपचार पश्चात निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *