विदेशमा अलपत्र नेपालीलाई ल्याउन कार्ययोजना स्वीकृत

काठमडौं । विदेशमा अलपत्र नागरिकलाई स्वदेश ल्याउन कार्ययोजना स्वीकृत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्य योजना स्वीकृत गरेको हो ।

सरकारले विदेशमा अलपत्र नेपालीलाई सम्बन्धित देशको नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको हो ।

नेपाल ल्याइएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ । काठमाडौंका विभिन्न् होटेलहरुमा क्वारेन्टाइनमा राखिने सकारको निर्णय छ ।

यस्तै, बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णयसमेत गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *