आज जेठ १८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग

वि.सं. जेठ १८, २०७७ । ई.सं. 31 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । आइतवार ज्येष्ठ शुक्लपक्ष । तिथि नवमी, १४:५० बजे उप्रान्त दशमी । नक्षत्र उत्तरफाल्गुनी, २४:५२ बजे उप्रान्त हस्त । योग वज्र, १४:४६ बजे उप्रान्त सिद्धि । करण कौलव १४:५० बजेदेखि तैतिल, २५:३८ बजे उप्रान्त भद्रा । चन्द्रराशि सिंह । आनन्दादि योग मित्र । दिनमान ३४।१७ । सूर्योदय ०५:११ । सूर्यास्त १८:५३ । सर्वार्थसिद्धि योग अहोरात्र । विश्व धूमपानरहित दिवस ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक जमघटमा सहभागी भईएला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । आफन्त र बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्त्तीको भेटघाटले मन प्रसन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । बैदेशिक क्षेत्र कमजोर नै हला । चुनौतीको सामना र काममा समस्या आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । शिक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममापनि सफलता पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभ र नयाँ योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । साँझमा पैसा खर्च बढ्न सक्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *