देशका अधिकांश भूभागमा वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले वर्षा भएको हो ।

दिउँसो काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । मौसमी प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको हो । वर्षा हुने भनेर लगातार दिनभर नभई बिहान र बेलुकाको केही समय हुनेछ ।

यस्तो छ तीन दिनको पूर्वाननुमान :-

जेठ १८ गते (आईतबार)
दिउँसोः देशभर सामान्य बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १९ गते (सोमबार)
दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २० गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी भू-भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागहरुमा सामान्य बदली र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *