संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका भूभाग भएको र तिनमा निर्बाध रुपले नेपालको हक स्थापित हुनुपर्ने अडान दोहो-याएको छ । त्यसका लागि सरकारले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले त्यसमा पार्टीको पूर्ण सहयोग र समर्थन रहने जानकारी दिए ।

सरकारले हालै जारी गरिएको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची-३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउनका लागि यही जेठ ९ गते संघीय संसद्मा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७ ’ विधेयक दर्ता गराएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *