अमेरिकामा १ लाख ५ हजारले ज्यान गुमाए, विश्वभर साढे ६१ लाखबढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख ७० हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख ७० हजार ८ सय ७० पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय भन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म २७ लाख ३४ हजार ५ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ९९८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५४० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २८७ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख १५ हजार ८१७ पुगेको छ । कुल संक्रमितमध्ये ५ लाख ३० हजार ६१६ जना निको भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसको महामारीले २८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८९० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २८ हजार ८३४ पुगेको छ । कुल संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ भने २ लाख ५ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ३ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ९५२ जनामा संक्रमण देखिएसँगै ३ लाख ९६ हजार ५७५ जना संक्रमित भएका छन् । त्यहाँ १ लाख ६७ हजार ४६९ जना संक्रमणमुक्त हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार ५५५ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो । कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको भारतमा ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *