चीनमा कोरोना भ्याक्सिनको ट्रायल सफल, यो वर्षको अन्त्यसम्म बजारमा ल्याउने !

काठमाडौं । चीनले यस बर्षको अन्त्यसम्ममा कोरोनाको भ्याक्सिन ल्याउनसक्ने भएको छ । चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेसन कमिशन (एसएएसएसी)ले शनिबार यस बर्षको अन्त्यसम्म कोरोनाको भ्याक्सिन बजारमा आउनसक्ने बताएको हो ।

वुहान इन्स्टिच्युट अफ बायोलोजी प्रोडक्ट्स र बेजिङ इन्स्टिच्युट अफ बायोलोजी प्रोडक्ट्सले तयार गरेको भ्याक्सिनको ट्रयाल २ हजार जनामा गरिएको र यो सफल भएको बताइएको छ । अब भ्याक्सिनको दोस्रो चरणको ट्रायल गरिने बताइएको छ । आगामी ट्रयालहरु सफल भएमा यस बर्षको अन्त्यसम्म वा आउदो बर्षको शरूमै कोरोनाको भ्याक्सिन बजारमा आउनसक्ने बताइएको छ ।

विभिन्न देशमा कोरोनाको भ्याक्सिनको ट्रायल भइरहेको भएपनि अहिलेसम्म ठोस परिणाम भने आउन सकेको छैन । एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *