डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको मृत्यु भएको हो ।

शनिबार मात्रै सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको हो । आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर डडेलधुरा पुगेका सबैलाई आज गाउँ लैजाने गरी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

यसअघि उनको मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार भएको थियो । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ भने कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *