शाओमीको मी १० र मी नोट १० लाइट सार्वजनिक

काठमाडौं । शाओमीले नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० लन्च गर्ने घोषणा गरेको छ । मी १० नेपालका लागि पहिलो र सबैभन्दा नयाँ स्मार्टफोनको प्रीमियम फ्ल्यागशिप हो जसमा १०८ मेगा पिक्सल क्वाड क्यामेरा सेटअप, ५ जी कनेक्टिभीटिका लागि क्वालकम स्न्यापड्रेगन ८६५ मोबाइल प्लाटफर्म, थ्री डी कव्र्ड एमोलेड डिस्प्ले, शक्तिशाली ४७८० एमएएच ब्याट्री, र ३० वाट्ट वायरलेस चार्जिंङ रहेको छ ।

मी नोट १० लाइटले ६.४७ इन्च एमोलेड डिस्प्ले, भर्सटाइल ६४ एमपी क्वाड क्यामेरा सेटअप, शक्तिशाली क्वालकम स्न्यापड्रेगन ७३० जी एसओसी र ठूलो क्षमता भएको ५२६० एमएएच ब्याट्री प्रदान गर्दछ । दुबै उत्पादनहरूले उत्कृष्ट विशेषताहरुको चयन गर्दै प्रीमियम स्मार्टफोन अनुभवको नयाँ उचाइहरूको प्रस्ताव गर्दछन् ।

१०८ एमपी क्वाड क्यामेरा सेटअपको साथ मी १०

यो उपकरण चरम शक्ति दक्षता र प्रदर्शनको लागि आँठ क्रायो ५८५ कोरसँग पछिल्लो फ्ल्यागशिप क्वालकम स्न्यापड्रगन ८६५ चिपसेट द्वारा सञ्चालित छ । यसमा छिटो ५जी कनेक्टिभीटीको लागि एक्स ५५ मोडेम रहेको छ, र एकै पटकमा तीन नेटवर्कहरू (२.४ जीएचजेड वाईफाई, ५ जीएचजेड वाईफाई र मोबाइल डाटा) एकैसाथ जडानको लागि ५ जी मल्टिलिंक समर्थन गर्दछ ।

८ जीबी र्याम र १२८ जीबी वा २५६ जीबी रोम (यूएफएस ३.०) को साथ, मी १० ले द्रुत प्रतिक्रिया र एक अल्ट्रा-स्मुद अपरेटिंङ अनुभव प्रदान गर्दछ । सबैभन्दा परिष्कृत कुलिंङ प्रणालीको साथ जोडिएको मी १० ले लिक्विड कूल २.० प्रयोग गर्दछ जुन ठूलो भ्यापर च्याम्बर समावेश भएको, साथै स्थिर पिक पर्फमेन्स सुनिश्चित गर्न र तातोलाई हटाउनका लागि मल्टि-लेयर ग्रेफाइट र ग्राफिन स्ट्याक्स भएको एक उन्नत कूलिंङ प्रणाली हो ।

मी १० ले ओआईएस सक्षम १०८ एमपी क्वाड रियर क्यामेरा सेटअपको साथ स्मार्टफोन फोटोग्राफी र भिडियोग्राफी पुनःपरिभाषित गर्दछ । प्रयोगकर्ताहरूले १०८ एमपी प्राइमरी सेन्सरको साथ नाङ्गो आँखा नदेखिने विवरणहरूको अल्ट्रा-क्लियर शटहरू पनि खिच्न सक्छन् र १२३ डिग्री एफओभीको साथ १३ एमपीको अल्ट्रा-वाइड एङ्गल लेन्सका माध्यमबाट वस्तुहरुको पूर्ण दृश्य अनुभव गर्न सक्दछन् । समर्पित म्याक्रो लेन्सले प्रयोगकर्ताहरूलाई विविड क्लोज-अप शट लिन मद्दत गर्दछ, जबकि डेप्थ सेन्सरले प्राथमिक सेन्सरलाई पोट्रेटका लागि चिल्लो मोड बनाउन मद्दत गर्दछ । मी १० ले ३० एफपीएसमा यूएचडी ८ के भिडियो रेकर्डिंङ गर्दछ ।

मी १० मा भएका आरएडब्लू र लग मोडहरूले सिर्जनाकर्ताहरूलाई उनीहरूले सिर्जना गरेको कन्टेन्टको प्रत्येक अंशमा विशाल नियन्त्रण प्रदान गर्दछ । प्रो भिडियो मोड सुविधाहरू जस्तै कलर फोकस र स्टिडी शूट प्रत्येक प्रयोगकर्ताभित्र भएको फिल्म निर्मातालाई सिर्जना गर्न डिजाइन गरिएको हो ।

मी १० सुन्दर डिजाईन र भर्सटाइल कार्यक्षमताको पूर्ण संयोजन हो, एक चम्किलो १६.९ सीएम (६.६७ इन्च) थ्री डी कव्र्ड एमोलेड एज-टु-एज डटडिस्प्लेको साथ कलर टेक्नोलोजीले रंगको शुद्धताको उच्च डिग्रीको साथ चित्रहरू पुनःउत्पादन गर्न अनुमति दिन्छ । यसको थ्रीडी कव्र्ड ग्लास डिजाईन र यथार्थवादी ह्याप्टिक प्रणालीले आरामदायी इन-ह्यान्ड महसुश गराउँन र १५० फरक परिदृश्यहरूको लागि परिष्कृत ह्याप्टिक प्रतिक्रिया सुनिश्चित गर्दछ । यस उपकरणको अगाडि र पछाडि कर्निङ गोरिला ग्लास ५ को एक मजबूत निर्माण रहेको छ ।

यसको ९० हर्ट्ज डिस्प्लेको साथ १८० हर्ट्ज टच स्याम्पिलिङ र एक उद्योग अग्रणी १२१६ सुपर लिनिएर डुअल स्टीरियो स्पिकर प्रणालीको साथ एलएचडिसी र एपिटिएक्स कोडेकको समर्थन सँग, मी १० ले इमर्सिभ दृश्य, अडियो र टच अनुभव प्रदान गर्दछ । मी १० ले ३० वाट्ट वायर्ड चार्जिंङ र विश्वको सब भन्दा छिटो ३० वाट्टको वायरलेस चार्जिंङ प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई जहाँसुकै अन्य उपकरणहरू चार्ज गर्न अनुमति दिँदै रिभर्स वायरलेस चार्जलाई पनि समर्थन गर्दछ । शानदार चार्जिंङ गतिको साथसाथै, मी १० ठूलो ४७८० एमएएच ब्याट्री र ३० वाट्ट फास्ट चार्जर इन-बक्सको साथ आउँदछ ।

मी नोट १० लाइट

फस्ट क्लास ६.४७ इन्च थ्री ठी कव्र्ड एमोलेड डिस्प्ले र पछाडि थ्री डी कव्र्ड ग्लास भएको मी नोट १० लाइटले एक प्रीमियम इन-ह्यान्ड महशुस गर्दछ । चार कुनामा स्मुद कर्भड् र टेपर्ड एजको साथ, मी नोट १० लाइटले उत्कृष्ट ९१.४ प्रतिशत स्क्रीन-टु बडी अनुपात दिन्छ ।

इन-स्क्रिन फिंगरप्रिन्ट डिटेक्टर सेन्सर पातलो छ । दुबै उपकरणको अगाडि र पछाडि कोर्निंङ गोरिला ग्लास ५ द्वारा सुरक्षित गरिएको छ । यसले उत्कृष्ट गुणस्तरको क्यामेरा क्षमताहरू पनि प्रदान गर्दछ । यसको बहुउपयोगी ६४ एमपी क्वाड क्यामेरा सेटिंग र उद्योगकै अग्रणी सोनी आईएमएक्स ६८६ सेन्सरलाई छिटो तस्विरहरूको लागि, र अल्ट्रा-वाइड एङ्गल फोटोहरूको लागि समर्पित सेन्सरहरू, नजिकको म्याक्रो शटहरू, र भव्य चित्रहरूको प्याक प्रदान गर्दछ । ९६० एफपीएस स्लो मोशन क्याप्चर, ४ के भिडियो शूटिंङ र भ्लग मोड जस्ता प्रेरणादायक कार्यहरूको साथ साथ, मी नोट १० लाइटले तपाईंको दिन र रातको उत्तम पलहरु खिच्नका लागि उत्कृष्ट उपकरण प्रदान गर्दछ ।

कार्य सम्पादनको फ्रन्टमा, मी नोट १० लाइटले क्वालकम स्न्यापड्रेगन ७३० जी मोबाइल प्लेटफर्म र ८एनएम प्रोसेस टेक्नोलोजीको साथमा कुनै पनि समयमा अल्ट्रा-स्मूद मोबाइल अनुभव लिन सकिन्छ । यसको ५२६० एमएएच ब्याट्रीले एक पटक चार्ज गरेर दुई दिनसम्म प्रयोग गर्न सकिन्छ । र ईन-बक्स ३० वाट्ट फास्ट चार्जरको साथ, यो नयाँ उपकरणले बिना रुकावट काम र खेलका लागि तपाईंको स्टर्ड् साइडकिकको रूपमा काम गर्दछ ।

मी १० दुईवटा कलर भेरियन्टमा उपलब्ध हुनेछ -ट्वीलाइट ग्रे र कोरल ग्रिन ८जीबी + २५६जीबी भेरियन्टमा रु ८९,९९९ मुल्यमा उपलब्ध हुनेछ । मी नोट १० लाइट ६जीबी + १२८जीबी भेरियन्टमा तीन कलर अप्सनहरुमा उपलब्ध छ -मिडनाइट ब्ल्याक, ग्लेसियर ह्वाइट र नेबुला पर्पलमा रु ४४,९९९ मुल्यमा उपलब्ध हुनेछ । दुवै फोनहरु खरिदका लागि अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी र सस्तो डिलमा छिटै उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *