जेटको गतिमा उड्नु छ, तर बजेट कछुवाको गतिमा आयोः डा. भट्टराई

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेट कछुवाको गतिमा आएको बताए। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा भट्टराईले ठुलो जेटमा उड्नु पर्ने बेला कछुवाको गतिमा बजेट आएको टिप्पणी गरे।

‘अहिलेको संकटमा जुन किसिमको बजेट आउनु पर्ने थियो, त्यसरी आउन सकेन। परम्परागत ढङ्गबाट बजेट आएको छ,’ उनले भनेका छन्, ‘हामी ठुलो एउटा जेटको गतिमा उड्नु छ। तर कछुवाको गतिमा सुधारकसाथ ताल तुलका कुराहरू आएको छ। यो पर्याप्त छैन।’  साथ आएको छ।

पूर्वी एसियाली बजेटको मोडेल नेपालको लागि उपयुक्त रहेको पनि उनले बताए। भट्टराईले भनेका छन्, ‘पुरै बजार छोड्ने पश्चिमेली मोडेल पनि हाम्रो लागि उपयुक्त छैन। राज्यले पनि सबै थोक नियन्त्रण गर्ने हिजोको साम्यवादी मोडेल पनि उपयुक्त छैन। जापान, कोरिया वा चीनले आफू कम्युनिस्ट  देश भने पनि उनीहरूले अपनाएको भनेको डेभलपमेन्ट  स्टेटको मोडेल हो। राज्य र बजारको समन्वय राख्ने मोडेल त्यो हो।’

उनले अगाडि भने, ‘त्यसले क्षेत्रगत हिसाबमा जोड दिने कुरामा के भन्छ भने, हामीले सबै भन्दा पहिले कृषिको आधुनिक र वैज्ञानिकीकरण गर्नु पर्छ। त्यसको जगमा उद्योग धन्दाको विकास गर्नुपर्छ। र त्यसको जगमा सेवा प्रविधि लगायतको विकास गर्नु पर्छ। यही क्रममा त्यो जान्छ। नेपालको सन्दर्भमा त्यो मेल खान्छ।’

भट्टराईले आधारभूत ठुला पूर्वाधार भद्रगोल भएको टिप्पणी गरे। निजी क्षेत्रले माग गर्ने भनेको पूर्वाधार भएकोले यसमा सन्तुलित विकास खोज्नु पर्नेमा उनले जोड दिए। पूर्वाधार विकास नगरी निजी क्षेत्र पनि फस्टाउन नसक्ने उनले बताए। सांस्कृतिक धरोहर मेटाउने गरी अब पनि काठमाडौँमा बस्ती बसाउने काम गर्न नहुने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *