देशको गम्भीरतालाई बजेटले नजरअन्दाज गर्‍योः नेता सिंह

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले देशको अवस्थालाई बजेटले सम्बोधन नगरेको टिप्पणी गरेको छन्। आइतबारबाट सुरु भएको बजेटमाथिको छलफलमा सिंहले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक प्राथमिकता नदिएको बताए।

उनले भनेका छन्, ‘देश जुन अवस्थाबाट गुज्रिरहेको छ। त्यसको गम्भीरतालाई बजेटले नजरअन्दाज गरेको छ।’ बजेटले अहिलेको परिस्थितिलाई निकै सामान्य रूपमा लिएको सिंहको भनाइ छ। अहिलेको परिस्थितिमा समेत सार्वजनिक खर्च सुधारमा ध्यान नदिएको उनको आरोप छ।

सिंहले भनेका छन्, ‘यो सरकारले ल्याएको यो तेस्रो बजेट हो। तर जनमत अनुसार प्रशासनिक सुधार, संरचना सुधारका कार्यक्रम आएन। दम नै नभएको सरकार जस्तो देखिएको छ। दीर्घकालीन सुधारका कुनै कार्यक्रम नै ल्याएको छैन।’ ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सामान्य लिएको अनुभूति गरेको उनको भनाइ छ ।

काँग्रेस सांसद सिंहले बजेटभित्र विश्वसनीयतामा प्रश्न चिह्न खडा भएको बताए। उनले भनेका छन्, ‘बजेटको २११ नम्बर बुँदामा ४०० केभीको अन्तरदेशी प्रसारण लाइन निर्माणको सवालमा सत्तारुढ दलकै नेताले तत्काल कटाउन भनेको अवस्थामा बजेट कसरी विश्वसनीय बन्न सक्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *