जनता भोकले मरिरहेको छ, सरकार भने भाषणमा रमाउछः राजेन्द्र महतो

काठमाडौं। जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले राज्यको चरित्र अनुसारको अहिलेको बजेट आएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा महतोले सत्तामा रहेकाहरूलाई पक्ष पोषण गर्न मात्र बजेट आएको टिप्पणी गरे।

उनले भने, ‘राज्यको चरित्रअनुसार बजेट आएको छ। निरन्तरता बाहेक केही छैन। सत्ता धारीहरूले आफूलाई विजेता भएको, आफू मालिक अरू भिखारी बजेटको प्रवृत्ति छ। औपनिवेशिक जस्तै बजेट आएको छ।’ राज्यको चरित्र धनीलाई धनी बनाउने, शक्तिमा रहेकाको महिमा गान गर्ने र कमजोर वर्ग तथा समुदायलाई झन् कमजोर र कुनामा पार्ने रहेको टिप्पणी गर्दै उनले सोहीअनुसारको आएको बताए।

बजेटले सरकार र सत्ताधारीहरू जनताप्रति बफादार छैनन् भन्ने देखाएको बताए। नागरिक भोकले मरिरहेको अवस्थामा सरकार भने कसैलाई भोकले मर्न दिँदैन भन्ने भाषणमा रमाएको उनले बताए। महतोले भनेका छन्, ‘जनता त दिन हाडै मरिरहेको छ। यहाँ भाषण गरिरहेको छ- मर्न दिँदैन, भनेर।’

सरकारले बजेटमार्फत पनि संघीयतालाई कमजोर पार्ने काम भएको उल्लेख गर्दै उनले भने, ‘संघीयतालाई सखाप पार्ने काम गरिरहेको छ सरकारले। सारा बजेट केन्द्रमा राखेर सङ्घीयता बलियो हुन्छ ? ८९ प्रतिशत केन्द्रमा, ४ प्रतिशत प्रदेश र ७ प्रतिशत स्थानीय तहमा राखेर संघीयता बलियो हुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *