समस्यामा परेका ७० परिवारलाई प्रतिपरिवार रु. १५०० प्रदान

काठमाडौं । लैनचौर नारायण मन्दिर व्यवस्थापन समाज र लैनचौर तेक्वान्दो डोजाङको संयोजनमा कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका काठमाडौं महानगरपालिका वडा २६, लैनचौरका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।

डोजाङका प्रमुख गौरव रजकले जनाए अनुसार ७० परिवारलाई रु. १ हजार ५ सयका दरले नगद प्रदान गरियो ।

लैनचौरमै रहेको बहिरा संघलाई पनि सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको रजकले जानकारी दिए । सहयोगका लागि अमेरिकामा रहेका रजकका आफन्तले आर्थिक सहयोग उपलब्ध गराएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *