सरकारको कार्यक्रममा शिक्षामन्त्रीको असहमती, विज्ञप्ति जारी गर्दै भने -‘मैलै प्रस्ताव गरेको छैन’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले गरेको घोषणाप्रति असहमति जनाउँदै आफूले त्यस्तो प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । मन्त्री पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको स्पष्टीकरण दिएका हुन्।

आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामाग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने कुराको चौतर्फी आलोचना भएको छ ।

यस्तो छ बुँदा नं १६६ :

No photo description available.

उनले आइतबार विज्ञप्ति जारी गर्दै उक्त बुँदा आफूले प्रस्ताव नगरेको बताए ।

उनले सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढीकरणका निम्ति गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पूरक कार्यक्रमका रुपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रहने गरी परिचालन गरिने बताए ।

शिक्षा मन्त्री पोखरेलले भने, ‘निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेका विषयमा सहयोग गर्नेसम्मको दायित्व र भूमिका निर्वाह गर्नु उचित हुन्छ ।’

यस्तो छ मन्त्री पोखरेलद्वारा जारी विज्ञप्ति :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *