निःशुल्क खाना वितरण गर्ने सामाजिक अभियन्ताको प्रति व्यक्ति १ लाखको कोरोना बिमा

विराटनगर । निःशुल्क खाना वितरण गर्ने सामाजिक अभियन्ताको कोरोना बिमा गरिएको छ ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन कार्यान्यवयन भए यता विराटनगरका सडकमा जीवन व्यतित गर्नेहरुलाई निःशुल्क खाना वितरण गरिरहेका अभियन्ताको आईतबार कोरोना बिमा गरिएको हो ।

नेकपा नेतृ नमिता न्यौपानेले जनरल इन्सुरेन्स कम्पनी मार्फत १० जना अभियन्ताहरुको बिमा गरिदिएकी हुन् ।

कोरोना भाईरस संक्रमणको जोखिम बढेसँगै निःशुल्क खाना वितरण गर्नेहरुको पनि स्वास्थ्य जोखिममा रहेकाले प्रति व्यक्ति एक लाखको दरले बीमा गरिदिएको युवा नेता ओसिम आलमले जानकारी दिए ।

विराटनगरका सडक पेटिमा बसेका तीन सय बढीलाई अभियन्ताहरुले दैनिक निःशुल्क खाना वितरण गरिरहेका नेता आलमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *