कांग्रेस सांसद लामाले नुवाकोटका सबै क्षेत्रमा बाँडे कोरोना सामग्री

नुवाकोट । कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले नुवाकोटका १२ वटै स्थानीय तह, सबै तहका पार्टी एकाई, जिल्लाका सबै ब्यारेक तथा प्रहरी चौकी र जिल्लामा क्रियाशील पत्रकारहरुलाई कोरोना सामग्री प्रदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका लामाले उक्त क्षेत्रमा कुल १५५ सेट पिपिई (बुटसमेत), ५५ थान इन्फ्रारेड फोरहेड थर्मोमिटर (थर्मल गन), १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८०० थान एन ९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान कपडाको मास्क, १०५ लिटर स्यानिटाइजर र १ थान बिग स्प्रे मेसिन वितरण गरेका छन् ।

लामाले विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयबाट जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुलाई ५–५ सेट पिपिई, २–२ थान थर्मल गन, १–१ थान स्यानिटाइजर स्प्रे मेसिन, ५–५ लिटर ह्यान्ड स्यानिटाइजर, ५–५ लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २०–२० थान एन ९५ मास्क, ३–३ सय थान सर्जिकल मास्क र २–२ सय थान कपडाको मास्क हस्तान्तरण गरेका थिए ।

सांसद लामाले लिखु गाउँपालिकालाई थर्मल गन, स्प्रे मेसिन र एन ९५ मास्क तथा बेलकोटगढी नगरपालिकालाई पिपिई र स्यानिटाइजर यसअघि नै पठाइ सकिएकाले आज हस्तान्तरित सामग्रीमा समावेश गरिएको थिएन ।

यस्तै, विदुरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट सबै स्थानीय तहका पार्टीका कार्यकर्ताहरु, सुरक्षा निकाय र पत्रकारहरुलाई पिपिई, थर्मल गन, एन ९५, सर्जिकल तथा क्लोथ मास्क, स्यानिटाइजर, साबुन लगायत सामग्री हस्तान्तरण गरे । विदुरस्थित प्रहरी चौकीलाई एउटा बिग स्प्रे मेसिन पनि हस्तान्तरण गरिएको छ ।

सो अवसरमा बोल्दै सांसद लामाले विश्वब्यापी कोरोना महामारीबाट बच्न स्थानीय स्तरमा आम जनताहरु आफैं सचेत र जागरुक हुनुपर्ने बताए । कोरोना भाइरसले कुनै वर्ग समुदाय र क्षेत्र नभनेको अवस्थामा सामाजिक दुरी कायम गरी भाइरसलाई पराजित गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *