विश्वभर २८ लाख ४६ हजार मानिस निको भए, संक्रमित र मृतक कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका २८ लाख ४६ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

पछिल्लो विवरण अनुसार २८ लाख ४६ हजार ५ सय २३ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख ७३ हजार ८५५ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६२ लाख ६२ हजार ८ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ भने कुल संक्रमितमध्ये ५ लाख ४१ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसको महामारीले २९ हजार ३१४ भन्दा बढीको मृत्यु भएको छ । एकै दिन १६ हजार ४०९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख १४ हजार ८४९ पुगेको छ । २ लाख ७८ हजार ९८० जनाको उपचार भइरहेको छ भने २ लाख ६ हजार ५५५ जना संक्रमण मुक्त भएका छन् ।

छिमेकी मुलक भारतमा आइतबार एकैदिन ८ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ भने ९१ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *