‘सामान्य जिवन जस्तै अब फुटवल हुनेछैन’ मेसी

एजेन्सी । काेभिड-१९ का कारण विश्व खेलकुद नराम्ररी प्रभावित भइरहेकाे छ । खासगरी स्पेनिस च्याम्पियन, युराेपियन च्याम्पियन, फ्रेन्च लिग र जर्मन लिग, प्रिमियर लिग विश्वमा धेरै हेरिने खेलहरू हुन् । तर, काेभिड-१९ ले अहिले सबै प्रकारका खेलहरू बन्द भएका छन् ।

यस्ताेमा बार्सिलोना र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फुटबल अब उस्तै नहुने बताएका छन् । काेभिड-१९ को कारणले धेरैले आफ्ना नजिकका साथी गुमाएकोमा दु:खी हुँदै मेसीले यसको असर आगामी वर्षमा पर्ने बताए । कोरोनाभाइरस महामारीले गर्दा फुटबल जीवन अब फेरि उस्तै नहुने मेसीको धारणा छ ।

‘हामीमध्ये धेरै जना अहिले शंकामा छौँ अबको विश्व कस्तो हुनेछ । एकान्तवास र हामीलाई आश्चर्यमा पार्ने यस अवस्था बाहेक धेरै मानिसले कठिन समयको सामना गर्नुपर्‍यो किनकी यस परिस्थितिले कुनै न कुनै रुपमा उनीहरुलाई असर गर्‍यो । धेरैले परिवार साथी गुमाए, कतिले हेर्न समेत पाएनन्,’ मेसीले एल पाइससँग भनेका छन्, ‘यस संकटमा धेरै नकारात्मक विषयहरु भए तर त्यहाँ तपाईँको प्रिय व्यक्ति गुमाउनुभन्दा खराब कुरा अरु केही हुँदैन । त्यसैले मलाई धेरै निराश बनाएको छ र मेरोलागि यो सबैभन्दा अन्यायपूर्ण विषय बनेको छ ।’

‘सामान्य जीवन जस्तै फुटबल पनि मेरो विचारमा कहिल्यै उस्तै हुने छैन ।’ मेसी भन्छन् । काेभिड-१९ को कारण विश्वमा हजारौँ मानिसले ज्यान गुमाएका छन् । धेरै देशमा सामूहिक भेला हुन बन्द गरियो जसले गर्दा केही हप्ता भाइरससँग जुध्नकै लागि फुटबल पनि बन्द गरियो ।

यही समयमा सुरक्षाको उपायहरु अपनाएर ला लिगा जुन ११ देखि फेरी शुरु हुँदैछ । मेसीको कप्तानीमा रहेको बार्सिलोनाले रियल मड्रिडलाई अंक तालिकामा २ अंकले पछि पारेको छ र फेरि फुटबल शुरु हुँदा उक्त अग्रता कायम राख्ने कसरतमा रहनेछ । ला लिगामा काेभिड-१९ पछि राेकिएका खेलहरू शुरू हुँदा पहिलाे खेल भ्यालेन्सिया र लेभान्टेविच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *