बाँके दुर्घटना: घाइतेको नाम सार्वजनिक, मृतक १२ मध्ये २ काे सनाखत

बाँके । बाँकेमा भएकाे दुर्घटनाका घाइते २१ जनाकाे परिचय खुलेकाे छ भने मृतक १२ मध्ये २ जनाकाे सनाखत भएकाे छ ।

आइतबार मध्यराति राप्ती सोनारी गाउँपालिका-२, ठुरिया जंगलमा भएकाे हायस गाडी दुर्घटनामा घाइते भएकाहरूकाे नाम सार्वजनिक गरिएकाे हाे । मृतक २ मध्ये एक दैलेखका चालक दानबहादुर खड्का र अर्का सुर्खेतका सहचालक पवनबहादुर भण्डारी भएकाे खुलेकाे छ ।

ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका २१ जना दाङ, सल्यान र रोल्पाका छन् ।

घाइते हुनेहरूमा दाङ जिल्ला धर्ना-४ का ४५ वर्षीय मेघराज केसी, दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी,  दाङ जिल्ला राजपुर-२ का २१ वर्षीय जीवन घर्ती, दाङ जिल्ला राजपुर गाउँपालिका-६ का २० वर्षीय दिपेश चौधरी, दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-२ का २३ वर्षीय रुपलाल केसी, दाङ जिल्लाका २० वर्षीय भरत थापा र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका- ७ का १७ वर्षीय सुनिल परियार रहेका छन् ।

त्यस्तै रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका- ७ का २० वर्षीय वीरेन्द्र परियार, त्यही ठेगानाका १८ वर्षीय पुरन परियार, रोल्पा जिल्ला कुरैती त्यही ठेगानाका-२ का ५२ वर्षीय नर बहादुर विक, रोल्पा जिल्ला टुटु-८ का ४० वर्षीय दिलबहादुर विक,  सल्यान जिल्ला कुपिण्डेदह गाउँपालिका-२० वर्षीय मिनराज विक, सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का तेजबहादुर बुढाथोकी, सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-४ का २८ वर्षीय लोकेश घर्ती, सल्यान जिल्लाका १८ वर्षीय धनबहादुर बोहरा, सल्यान जिल्लाका ५२ वर्षीय दीपबहादुर बुढा र सल्यान जिल्ला शारदा गाउँपालिका-६ का टीका चलाउने पनि दुर्घटनामा घाइते भएका छन् ।

त्यसैगरी सल्यानका शिव भण्डारी, सल्यान सिद्धकुमाख गाउँपालिका-५ का २६ वर्षीय निमबहादुर बादी, साेही ठाउँका १८ वर्षीय देवेन्द्र बुढाथोकी, साेही ठाउँका १७ वर्षीय ज्ञान बहादुर बोहरा पनि घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *