‘राष्ट्रवादी नेताहरु असुरक्षित भए’ नेकपा सांसद कृष्ण गोपाल श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले राजा विरेन्द्रको वंश नाशै भएको घटना, त्यस अघि जननेता मदन भण्डारी र जिवराज आश्रित हत्याकाण्ड राष्ट्रियता कमजोर बनाउने घटना भएको बताएका छन् । उनले इतिहासमा राष्ट्रवादी नेताहरु असुरक्षित रहेको स्मरण गर्दै बर्तमान प्रधानमन्त्री पनि असुरक्षित रहेको तर्फ इङिगत गरेका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै काठमाडौं क्षेत्र नं. ९ का सांसद श्रेष्ठले २८ वर्ष अघि जननेता मदन भण्डारी र जिवराज आश्रितलाई त्रिसुलीमा डुवाएरै हत्या गरीएको, १९ वर्षअघि आजकै दिन (जेठ १९ गते) राष्ट्रवादी राजाको हत्या भएको स्मरण गर्दै राष्ट्रियताका पक्षमा रहेकाहरु असुरक्षित रहेको बताए ।

‘२८ वर्षअघि जननेता मदन भण्डारी र जिवराज आश्रितको त्रिसुलीमा डुवाएर हत्या भयो, १९ वर्षअघि राजा विरेन्द्रको बंश नाश हुनेगरी दरबार हत्याकाण्ड भयो, यो दुईटै घटना एउटै सुत्रधार र योजनाकारबाट भएको भनिन्छ ।’ उनले भने–अहिले राष्ट्रियताको मुद्दा पेचिलो बनिरहेको बेला राष्ट्रवादी नेता केपी ओलीले देशको नेतृत्व गर्नुभएको छ । उहाँकै नेतृत्वमा देश बन्नुपर्छ, उहाँकै नेतृत्वमा सिमा विवाद समाधान हुनुपर्छ ।’

सांसद श्रेष्ठले राष्ट्रवादी नेताहरु देशले गुमाउँदा तिनको पक्षमा बोल्नेहरु, राष्ट्रको पक्षमा रहेकाहरु असुरक्षित रहनु राम्रो संकेत नरहेको संसदलाई स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *