रुकुम सोतीको घटनालाई ढाकछोप गर्ने प्रयत्न भयोः गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाले रुकुमको सोतीमा भएको घटनाको छानबिनको लागि सर्वदलीय संसदीय छानबिन समिति बनाउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा थापाले उक्त घटना जातीय नरसंहार भएको पनि बताए।

अमानवीय र कुर सोती घटनालाई भवितव्य हो भनेर देखाउने प्रयत्न भएको उनको भनाइ छ। उक्त घटनाको जरामा रहेको उच्च जातीय अंकारको ढाकछोप गर्न भइरहेको सतही प्रयत्न र राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्न नसक्ने थापाले बताए। यस्तो अमानवीय र कुर घटनालाई टुलुटुलु हरेर बसे लाल हामीलाई देखेर लजाउने उनले बताए।

गगन थापाले संसद्मा भनेको कुरा जस्ताको त्यस्तैः

‘संविधानमा स्वतन्त्रताको हक समानताको हक आत्मसम्मानपूर्वक  बाच्न पाउने हक मर्यादित जीवन ज्यून पाउने हक छुवाछुत भेदभाव विरुद्धको हक देखि दलितको हक सबै लेख्यौं कानुन बनायौं भनेर गर्भ गरिरहँदा रुकुम सोतीको नरसंहारले हामी सबैको अनुहारमा कालो पोतिएको छ। यस्तो अमानवीय र कुर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरू देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको सतही प्रयत्न र राज्यको लाचारीलाई यो संसद्ले टुलुटुलु हेर्न लाज पनि हामीलाई लजाउँछ छ। अनुहारको दाग ऐनामा पुछेर जाँदैन। त्यसैले रुकुम नरसंहार लगायत लकडाउनको अवधिमा जातीय विभेदको कारण ३२ जना भन्दा बढी दलितहरूको हत्या आत्महत्या बलात्कारका घटनाको छानबिन गर्न अविलम्ब सर्वदलीय छानबिन समिति बनाउन जोडदार माग गर्दछु। यो पनि जानकारी गराउँदछु सम्मानित सदनले नबनाएसम्म हामी यो मागिरहने छौँ। न्यायको पक्षमा बोलिरहेन छौँ। लडिरहने छौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *