क्वारेनटाइनमा बसेकाहरुसँग मनाइयो दुध दिवस

चितवन । चितवनको खैरहनी नगरपालिका कठारस्थित क्वारेनटाइनमा बसेकाहरुसँग नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले साेमबार विश्व दुध दिवस मनाएको छ ।

खैरहनी- १० शान्ति बजारमा रहेको दुध सहकारीले नगरपालिकाले सोही वडाको कठार माविमा aनाएको क्वारेनटाइनमा बसेकाहरुसँग नियमित दुध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ भन्ने नाराका साथ दिवस मनाएको हो । सो अवसरमा क्वारेनटाइनमा रहेकाहरुलाई दुध र दहीका साथै माक्स तथा सेनिटाइजर समेत प्रदान गरिएको थियो ।

सहकारीका अध्यक्ष कमलराज थपलियाले ति सामाग्रीहरु वडाध्यक्ष कारीराम चौधरीलाई हस्तान्तरण गरेपछि वडाध्यक्ष चौधरीले क्वारेनटाइनमा बसेकाहरुलाई प्रदान गरेका थिए । कठार माविको क्वारेनटाईनमा अहिले २३ जना रहेका छन् । लकडाउनका कारण अहिले दुध किसान मर्कामा परिरहेका छन् ।

लकडाउनले दुध बिक्री हुन कठिनाई भईरहेका बेला दुधको सेवन बढाउन सन्देश प्रवाहका लागि क्वारेनटाइनमा बसेहरुसँग यस पटकको दिवस मनाइएको संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रिय दुग्ध सहकारी संघका सदस्य वालकृष्ण उप्रेतीले बताए । ‘संकटको बेला राज्यले दुध उत्पादक किसानलाई वास्ता गरेको छैन । राज्यको माथिल्लो तहमा रहेकाहरुलाई घच्घचाउन यस्ता कार्यक्रमले मद्यत पुग्नेछ’, केन्द्रिय सदस्य उप्रेतीले भने ।

हाल देशभर रहेका क्वारेनटाईनमा बसेकाहरुलाई दुध उपभोग गराउन सके स्वास्थ्यलाई राम्रो हुनुका साथै खेर गईरहेको दुध समेत खपत हुने उप्रेतीको भनाई छ । वडाध्यक्ष कारीराम चौधरीले किसानहरुलाई परेको समस्यामा राज्यले सहयोग गर्नुपर्ने बताए ।

अघिल्ला वर्षहरुमा औपचारिक कार्यक्रम गर्ने गरिएपनि यस पटक भने देशको वर्तमान परिस्थितीका कारण अनौपचारिक कार्यक्रमका सामाजिक दुरी कायम गरि दिवस मनाईएको सहकारीका अध्यक्ष थपलियाले बताए ।

क्वारेनटाईनमा बसेकाहरुसँग दिवस मनाउन अध्यक्ष थपलियासहित उपाध्यक्ष शुशिल कडेंल,सदस्य रामशरण दाहाल, व्यवस्थापक लिलाबहादुर थपलिया, लेखा समिति सयोजक श्यामनारायण फुयाँल लगायत क्वारेनटाईन गएका थिए । नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक तीन हजार लिटर दुध संकलन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *