जयबागेश्वरीमा आकाशे पुल शिलान्यास, ४ महिनामा निर्माण सक्ने लक्ष्य

काठमाडौं । लकडाउनकाबीच जय बागेश्वरीमा आज आकाशे पुल निर्माणका लागि शिलान्यास भएको छ ।

परम्परागत बिधिबाट जग पूजा गरेर संघीय संसद गगनकुमार थापा, प्रदेश सभा सदस्य नरोत्तम बैद्य, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष दिनेश डंगोल र वडा सदस्यहरुले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । आउँदो ४ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भ्याटबाहेक ६४ लाख ९९ हजार ७५ रुपैयाँ ४५ पैसा लागतमा निर्माण हुने आकाशे पुल स्टिल ट्रसबाट निर्माण हुनेछ । पुलका बारेमा जानकारी दिँदै वडाध्यक्ष डंगोल भन्छन्,  ‘बागेश्वरी क्षेत्रमा सवारी साधनले ठक्कर दिएर धेरै पैदल यात्रुको ज्यान गएको छ । दुर्घटनाको यो जोखिम घटाउन र वडालाई पूर्वाधारले सम्पन्न बनाउन सार्न मिल्ने आकाशे पुल निर्माण गर्न लागिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *