सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, एकैदिन थपिए १८ जना

  • अंकुश कुँवर

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । आज एकैदिन १८ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको हो । नयाँ संक्रमित मध्ये १४ जना कैलालीका छन् । जसमा ११ पुरुष र तीन महिला छन् ।

बाँकी अछाम, बैतडी, डोटी र कञ्चनपुरका एकरएक जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेशमा जेठ अघि देखिएका पाँच जना निको भइसकेका थिए । ९ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भए यता संक्रमित थपिँदै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *