गायक शिव लामिछानेद्वारा स्वास्थ्यकर्मीहरुको सम्मानमा गीत सार्वजनिक

काठमाडौं । गायक शिव लामिछानेले कोभिड–१९ को फ्रन्टलाइनमा सक्रिय स्वास्थ्यकर्मीहरुको सम्मानमा गीत रिलिज गरेका छन् । युवा ब्यवसायी समेत रहेका गायक लामिछानेले ‘अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

युट्युव मार्फत सार्वजनिक गरीएको गीतमा विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान गरीएको छ । गायक लामिछानेले गीतमा नर्सलाई सुनाखरी गीतसँग तुलना गरेका छन् ।

गायक लामिछानेले अहिलेको परिस्थिति सँगसँगै एउटा पुरानो अस्पतालको घटनालाई गीत मार्फत सम्झने प्रयास गरेको बताएका छन् । आफ्नो एपेन्डिक्स्को सर्जरी भएको बेला डाक्टर तथा बिशेष गरी नर्सहरुले गरेको सेवा भावनालाई स्मरण गर्दै अहिले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरु बारेको नकारात्मक खबरले दुःखी बनाएको बताएका छन् ।

यो गीत केही वर्ष अगाडी नै रेकर्ड गरीएको थियो । सञ्चारकर्मी तथा साहित्यकार गोपाल देवानले रचना गरेको गीतमा संगीत न्ह्यु बज्राचार्य र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *