सोमबार एकैदिन थपिए २२६ जना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) थप २२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

आज विभिन्न जिल्लामा गरी थप २२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ७९८ पुगेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । प्रवक्ता देवकाेटाका अनुसार झापामा २, नवलपरासीमा ३, दैलेखमा ४१, जुम्लामा १९, सल्यानमा १०, सुर्खेतमा ५, कपिलवस्तुमा ४०, रौतहटमा १८, बाँकेमा ७, दाङमा ९, धनुषामा ७, महोत्तरीमा २, मकवानपुरमा १, सर्लाहीमा ३८, सिरहामा ५, उदयपुरमा १, अछाममा १, कैलालीमा १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हाे ।

संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएर घर फर्किएको उनले बताए । एक हजार ५६९ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने  संक्रमितमध्ये ८ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *